PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

बलात्कारको अभियोगमा अर्घाखाँची र पाल्पाबाट दुई जना पक्राउ



पहिलोपोस्ट

बलात्कारको अभियोगमा अर्घाखाँची र पाल्पाबाट दुई जना पक्राउ

बुटवल : बलात्कारको अभियोगमा अर्घाखाँची र पाल्पाबाट एक/एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अर्घाखाँचीको मालारानी गाउँपालिका-७ का ३५ वर्षीय कमल महत र पाल्पाको पूर्वखोला गाउँपालिका-३ का ३१ वर्षीय श्यामबहादुर दर्जी रहेका छन्।

महतले अर्घाखाँचीको मालारानी गाउँपालिकाकी ७ वर्षीया बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए। गत शुक्रवार बालिकालाई फकाई मिठाइ दिएर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ।

त्यस्तै, पाल्पाको  पूर्वखोला गाउँपालिकाकी २५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

घरमा कोही नभएको अवस्थामा शुक्रवार दर्जीले ती महिलालाई बलात्कार गरेको खुलेको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell