PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

रसियाबाट ९० प्रतिशत तेल आयात कटौती गर्ने युरोपियन युनियनको निर्णय



पहिलोपोस्ट

रसियाबाट ९० प्रतिशत तेल आयात कटौती गर्ने युरोपियन युनियनको निर्णय

युरोपियन युनियनले रसियाबाट हुँदै आएको तेल आयातमा ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ। रसियाले युक्रेनमाथि आक्रमण गरेपछि युरोपियन राष्ट्रहरुलाई रसियाबाट तेल आयात नगर्न दबाब बढिरहेको थियो। ब्रसेल्समा बसेको बैठकलेले रसियामाथि दुई तिहाईले  तेल कटौतीको प्रतिबन्धको घोषणा गरेको हो। हंगेरीले भने उक्त प्रस्तावको विपक्षमा मत राखेको थियो।

युरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स माइकलले यो निर्णयबाट रसियालाई ‘युद्ध मेसिन’का लागि पुँजीको अभाव हुने बताएका छन्।    

युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डे लेइनले तेल आयातमा प्रतिबन्ध लगाउने निर्णयको समर्थन गरेकी छिन्। उनले यो वर्षको अन्त्यसम्म रसियाबाट आयात हुँदै आएको तेलमा ९० प्रतिशतले कटौती हुने बताएकी छिन्।

रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै सुरु भएको युद्ध अझै जारी छ। युद्धको ९६ दिनसम्म लुहान्स र डोटेन्स्क नियन्त्रणका लागि लडाइँ भइरहेको छ। युद्धका कारण हालसम्म ६७ लाखभन्दा बढी युक्रेनीहरु पलायन भइसकेका छन्। दुवैतर्फबाट हजारौंको संख्यामा मानिसको मृत्यु भइसकेको छ। यद्यपि, मृतकको आधिकारिक तथ्यांक भने सार्वजनिक भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell