PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

रिलिज अघि नै कमल हसनको फिल्मले कमायो २०० करोड भारतीय रुपैयाँ



पहिलोपोस्ट

रिलिज अघि नै कमल हसनको फिल्मले कमायो २०० करोड भारतीय रुपैयाँ
Film Poster / Koimoi

दक्षिण भारतीय सिनेमाका सुपरस्टार कमल हसन चार वर्षपछि ठूलो पर्दामा फर्किँदैछन्। बलिउड फिल्ममा पनि काम गरिसकेका उनको नयाँ फिल्म ‘बिक्रम’ जुन ३ मा रिलिज हुँदैछ। सो फिल्मले रिलिज अगाडि नै २०० करोड भारतीय रुपैयाँ कमाइसकेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

लोकेश कंगराजको निर्देशनमा बनेको फिल्मले स्याटलाइट अधिकार र ओटीटी सम्झौताबाट नै रिलिज अघि २०० करोड रुपैयाँ संकलन गरेको हो।

एक्सन जनरामा निर्माण भएको फिल्ममा कमलसँगै विजय सेतुपति, शिवानी नारायण लगायतका कलाकारको अभिनय पनि रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell