PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

आइजी नियुक्ति विवादमा सर्वोच्चमा आज पूर्ण सुनुवाइ हुँदै,अवकास भएका डिआइजीको निवेदनको सुनवाइ पनि एउटै इजलासमा



पहिलोपोस्ट

आइजी नियुक्ति विवादमा सर्वोच्चमा आज पूर्ण सुनुवाइ हुँदै,अवकास भएका डिआइजीको निवेदनको सुनवाइ पनि एउटै इजलासमा

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज पूर्ण सुनवाइ हुँदैछ। बैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले दुई दिन भएको बहसपछि जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको थियो।

आज न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायधीश कुमार चुडाल इजलासमा सुनवाइ हुदैछ।

सर्वोच्च अदालतमा एआईजी विश्वराज पोखरेलले रिट निवेदन दिएका थिए। एआईजी विश्वराज पोखरेलले सिंह नियुक्तिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन लिएर पुगेका थिए। मन्त्रिपरिषद् बैठकले एआईजी सिंहलाई बढुवा गर्ने निर्णय गरेसँगै यो विषय विवादमा परेको थियो। एउटै ब्याचका चार जना एआईजीहरू आईजीको प्रर्तिस्पर्धामा थिए। २०७७ मंसिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका थिए। त्यस्तै ७ महिनापछि पोखरेलपछि डीआईजी सहकुल थापालाई पनि सरकारले एआईजीमा बढुवा गर्‍यो। त्यसको ९ महिनापछि फेरि तीन जना एआईजीको पद थपेर बढुवा भए। डीआईजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुकलाई बढुवामा परेका थिए।

त्यस्तै डीआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दिएको बढुवा विषयको सुनवाइ पनि न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायधीश कुमार चुडालको इजलासमा तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell