
विश्वमै प्रख्यात मोनालिसाको पेन्टिङमा केक प्रहार गर्ने संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। फ्रान्सको पेरिसस्थित लउभ्रे म्यूजियममा बुलेटप्रुफ सिसा भित्र राखिएको लियोनार्डो डि भिन्सीको पेन्टिङलाई बिगार्ने प्रयत्न भएको हो। यो घटना आइतवार भएको बताइएको छ।
उक्ट घटनापछि ३६ वर्षीष संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो। हाल उनलाई प्रहरीको साइकियाट्रिक युनिटमा पठाइएको छ। सांस्कृतिक वस्तुमाथि हानी पुर्याउने कोसिस गरेको अभियोगमा प्रहरीले अहिले अनुसन्धान सुरु गरेको छ।
सामाजिक संजालमा अहिले उक्त घटनाको भिडियो सार्वजनिक भएको छ। जसबाट महिलाको भेषमा एकजना पुरुषले पेन्टिङमाथि प्रहार गरेको देखिन्छ। नक्कली कपाल र लिप्सटिक लगाएर ह्वीलचेयरमा आएकी एक वृद्ध महिला पछि ह्विलचेयरबाट उठेर पेन्टिङ रहेको बुलेटप्रुप ग्लासतिर अघि बढेको भिडियोमा देखिन्छ।
#LaGioconda, a.k.a. #MonaLisa, one of the main attractions at the @MuseeLouvre in #Paris, was vandalised by a man posing as an elderly #woman in a wheelchair who smeared cake at the famous #LeonardoDaVinci #painting#LouvreMuseum #MonaLisaPainting #MonaLisaCake #Video #France pic.twitter.com/3K5FPMVfb5
— Mirosława Štern® RMX (@Generacija78) May 31, 2022
उनले प्रहार गरेको केक सिसामा लागे पनि पेन्टिङ भने सुरक्षित रहेको छ। केक प्रहार गर्नु अघि ती व्यक्तिले म्यूजियममा गुलाबको फूल समेत फ्याँकेका थिए। घटनापछि म्यूजियमका कर्मचारीले ग्लासमा लागेको केक पुछेका थिए।
Maybe this is just nuts to me💀but an man dressed as an old lady jumps out of a wheel chair and attempted to smash the bullet proof glass of the Mona Lisa. Then proceeds to smear cake on the glass, and throws roses everywhere all before being tackled by security. 😂??? pic.twitter.com/OFXdx9eWcM
— Lukeee🧃 (@lukeXC2002) May 29, 2022