PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

झलनाथ खनाल र रसियाका राजदूत बिच भेटवार्ता



पहिलोपोस्ट

झलनाथ खनाल र रसियाका राजदूत बिच भेटवार्ता

काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन्।

डल्लुस्थित निवासमा भएको भेटमा खनालले नेपाल र रसियाको बिचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको भन्दै सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरेका थिए। भेटको क्रममा दुई देश बिचको आपसी हित र चासोको विषयमा समेत कुराकानी भएको थियो।

राजदुत नोचिकोभले आगामी दिनमा नेपाल र रसियाबिचको सम्बन्ध थप बलियो हुनेमा विश्वास गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell