.jpg)
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल भइरहेको छ।
छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले आर्थिक बोझ पर्ने गरि बजेट ल्याएको बताए।
‘यो सरकारको अवधि अब ५ महिना छ। भर्खरै निर्वाचनपछि निर्मित सरकारले झैँ आर्थिक बोझ पर्ने गरी बजेट ल्याइयो,’ उनले भने।
पूर्वअर्थमन्त्री पौडेलले उक्त बजेट मतदातालाई रिझाएर आउने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप समेत लगाएका छन्। आर्थिक संकटको संघारमा पुगेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको उनको भनाइ थियो। उनले सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको आरोप लगाएका छन्।
‘नाराहरु जतिसुकै सुन्दर भए पनि प्रस्तुत बजेट उल्टो दिशातर्फ उन्मुख छ,’ उनले भने।
आजबाट तीनदिनसम्म बजेटबारे प्रतिनिधिसभामा छलफल हुनेछ।