PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

बैतडीमा अझै पुग्न सकेन पाठ्यपुस्तक, पठनपाठनमा समस्या



रासस

बैतडीमा अझै पुग्न सकेन पाठ्यपुस्तक, पठनपाठनमा समस्या

बैतडी : बैतडीमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन। नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भइसक्दासमेत पाठ्यपुस्तक नपुगेका हुन्।

यही जेठ १ गतेदेखि नै शैक्षिकसत्र सुरु भएकामा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको सम्बद्ध  विद्यालयहरुले जनाएका छन्। नयाँ शैक्षिक सत्रसँगै विद्यालय खुले पनि जिल्लामा पाठ्यपुस्तकको अभावमा पठनपाठन सञ्चालन हुन नसकेको केदारनाथ आधारभूत विद्यालयका शिक्षक शङ्करराम ओडले बताए।

एक/दुई दिनभित्रै जिल्लामा पाठ्यपुस्तक आइपुग्ने आफूले जानकारी पाएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले जानकारी दिए। जिल्लाका सामुदायिक विद्यालयलाई ८३ हजार पाठ्यपुस्तक आवश्यक भएपनि अहिलेसम्म पाठ्यपुस्तक पुगेका छैनन्।

स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी आएको र  एक हप्ताभित्र जिल्लामा पाठ्यपुस्तक वितरण हुन सक्ने एकाइ प्रमुख अवस्थीको भनाइ थियो। जिल्लामा ५४० सामुदायिक विद्यालय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell