PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

विद्युतीय गाडीमा लगाइएको कर हटाऔं : वर्षमान पुन



पहिलोपोस्ट

विद्युतीय गाडीमा लगाइएको कर हटाऔं : वर्षमान पुन

काठमाडौं : सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री पुनले यो बजेट सरकारको नीति तथा कार्यक्रम एवं उत्पादनमा आधारित ल्याइएको बताए। रोजगारी सिर्जना र गरिबी नियन्त्रणजस्ता बजेटका उद्देश्य देखिएकाले यो समयमै कार्यान्वयन भएर सफल हुने विश्वास उनले व्यक्त गरे।

उनले कृषिमा पेन्सनको सुविधा, लघुवित्त कर्जा, बाँझो जमिनलाई उपयोग गर्ने विषय, किसानका उत्पादनलाई बजारको सुनिश्चिता, पशु बीमाको प्रिमियम वृद्धि, स्वदेशी उत्पादनलाई प्रश्रय, ज्ञानमा आधारिक व्यावसायिक सूचना केन्द्रजस्ता कार्यक्रम महत्वपूर्ण भएको बताए।

पुनले विद्युतीय गाडीको प्रयोग बढाउनुपर्ने भएकाले ती गाडीका लागि बढी कर नलगाउन आग्रह समेत गरेका छन्।आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने भएकाले बजेटको कार्यान्वयनमा कुनै समस्या नआउने उनको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell