PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

राष्ट्रियसभामा खिमलालको माग : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया अघि बढोस्



पहिलोपोस्ट

राष्ट्रियसभामा खिमलालको माग : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया अघि बढोस्

काठमाडौं : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन माग गरेका छन्। आर्थिक वर्ष २०७९/८० को जराजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सुरु भएको सैद्धान्तिक छलफलमा उनले विमानस्थलको काम अघि बढाउन भनेका हुन्।

सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो। यद्यपि, सरकारको नीति तथा कार्यक्रम र बजेटमा निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने समावेश गरिएको छ।

देवकोटाले निजगढ विमानस्थल नबनाउने र बनाउन नदिने चलखेलले चिन्ता बढेको बताएका छन्। उनले निजगढ विमानस्थल बजेटमा समावेश भएकाले कार्यान्वयन हुनुपर्ने बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell