PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नापी कार्यालय भैरहवाका अमिन ३० हजार रुपैयाँ घुससहित पक्राउ



पहिलोपोस्ट

नापी कार्यालय भैरहवाका अमिन ३० हजार रुपैयाँ घुससहित पक्राउ

बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई घुस रकमसहित पक्राउ गरेको छ।

मंगलवार जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए।

सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा बुटवलबाट खटिएको आयोगको टोलीले घुस रकम लिइसकेको अवस्थामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ मा रहेको ३ नम्बर नापी कार्यालयको क्वाटरबाट उनलाई नियन्त्रणमा लिएको हो। रायमाझीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको भण्डारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell