PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

युरोपियन युनियनले रसियाको तेल आयात कटौती गरेसँगै बढ्यो कच्चा तेलको मूल्य



पहिलोपोस्ट

युरोपियन युनियनले रसियाको तेल आयात कटौती गरेसँगै बढ्यो कच्चा तेलको मूल्य
Photo : Getty Images

युरोपियन युनियन रसियाबाट आयात हुने कच्चा तेल ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेसँगै तेलको मूल्य बढेको छ।

जुलाईका लागि अमेरिकी कच्चा तेलको मूल्य ३.५३ प्रतिशतले बढ्दै प्रति ब्यारल ११९.१२ अमेरिकी डलर र ब्रेन्ट कच्चा तेलको मूल्य १.८७ प्रतिशतले बढ्दै १२३.९५ अमेरिकी डलर पुगेको बताइएको छ। 

रेफिनिटिभ डेटाका अनुसार अमेरिकी कच्चा तेलको मूल्य बढेर ११९.४२ डलर पुगेको र यो १२ साताको उच्चतम विन्दुमा पुगेको छ। त्यसैगरी अगस्टका लागि भएको कच्चा तेलको व्यापार पनि उच्च विन्दुमा भएको बताइएको छ। डब्लूटीआइ कच्चा तेलको मूल्य ३.६६ प्रतिशतले बढेर प्रतिब्यारल ११६.३४ अमेरिकी डलर पुगेको छ। ब्रेन्ट भने २ प्रतिशतले बढेर ११९.९६ प्रतिशत ब्यारल पुगेको बताइएको छ।

युरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स माइकलले यो निर्णयबाट रसियालाई ‘युद्ध मेसिन’का लागि पुँजीको अभाव हुने बताएका छन्।   

युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डे लेइनले तेल आयातमा प्रतिबन्ध लगाउने निर्णयको समर्थन गरेकी छिन्। उनले यो वर्षको अन्त्यसम्म रसियाबाट आयात हुँदै आएको तेलमा ९० प्रतिशतले कटौती हुने बताएकी छिन्।

रसियाले युक्रेनका दुई विद्रोही राज्यलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै सुरु भएको युद्ध अझै जारी छ। युद्धको ९६ दिनसम्म लुहान्स र डोटेन्स्क नियन्त्रणका लागि लडाइँ भइरहेको छ। युद्धका कारण हालसम्म ६७ लाखभन्दा बढी युक्रेनीहरु पलायन भइसकेका छन्। दुवैतर्फबाट हजारौंको संख्यामा मानिसको मृत्यु भइसकेको छ। यद्यपि, मृतकको आधिकारिक तथ्यांक भने सार्वजनिक भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell