PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई बलियो बनाउन नवनिर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्छ : प्रदीप पौडेल



पहिलोपोस्ट

प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई बलियो बनाउन नवनिर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्छ : प्रदीप पौडेल
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई बलियो रुपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ (ख)  विद्यार्थी विभागले मंगलवार आयोजना गरेको क्षेत्र नम्बर सात अन्तर्गतका नगर र वडाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा पौडेलले जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताएका हुन्।

‘स्थानीय निर्वाचनमा पाएको मतबाट जनता कांग्रेसलाई भोट हाल्न आतुर छन् भन्ने देखाएको छ। प्रदेश र संघीय निर्वाचन आउँदै छ, आगामी दिनमा पनि मतदातालाई आकर्षित गर्न सक्नुपर्छ’, उनले भने, ‘यसका लागि पार्टीले पनि स्पष्ट दृष्टिकोण निर्माण गर्छ। जनजिविकाका मुद्दाहरुलाई हाम्रो मुद्दा बनाउन सक्नुपर्छ।’

सो क्रममा उनले जनप्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना समेत दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell