PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

हेटौँडामा मनाइयो विश्व सुर्तीजन्य पदार्थरहित दिवस



पहिलोपोस्ट

हेटौँडामा मनाइयो विश्व सुर्तीजन्य पदार्थरहित दिवस

हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडामा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइएको छ। स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशको आयोजनामा बिहान प्रभातफेरी कार्यक्रम गरी सो दिवस मनाइएको हो।

सो क्रममा प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन्। विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा मंगलवार हेटौँडामा प्रभातफेरीपश्चात् आयोजित कोणसभामा उनले स्वास्थ्य र शिक्षामा बजेट राखेर सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने र चेतना अभिवृद्धिको कार्यलाई जोड दिनुपर्ने बताए।

साथै, मन्त्री लामाले सुर्तीजन्य पदार्थको खरिद बिक्रीमा बालबालिकालाई प्रयोग नगराउनसमेत आग्रह गर्दै त्यस्तो पाइएमा कारबाही गरिने जानकारी दिए। उनले सुरुमा आफूबाट सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने प्रण गरौँ र सबैलाई नगरौँ भन्दै यसको प्रयोगबाट स्वास्थ्यमा असर पर्ने गरेको बताए। समाजलाई  सुर्तीजन्य पदार्थरहित बनाउन वाग्मती प्रदेश सरकारले कार्यक्रम ल्याउने लामाले बताए।

स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशको आयोजनामा बुद्ध चौकदेखि सुरु भएको सो प्रभातफेरी कार्यक्रम हेटौँडा बजारको परिक्रमा गरी पुनः बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। प्रभातफेरीमा नेपाल अर्वुद रोग निवारण संस्था मकवानपुर, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल मकवानपुर, स्वास्थ्य कार्यालय, स्वास्थ्य शिक्षण संस्थाहरु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell