PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

युक्रेनमा अत्याधुनिक रकेट पठाउने बाइडेनको निर्णय, रसिया भित्र आक्रमण गर्न नपाइने



पहिलोपोस्ट

युक्रेनमा अत्याधुनिक रकेट पठाउने बाइडेनको निर्णय, रसिया भित्र आक्रमण गर्न नपाइने
Photo : Getty Images

अमेरिकाले युक्रेनलाई अत्याधुनिक रकेट प्रदान गर्ने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आफ्नो सुरक्षा गर्न अत्याधुनिक रेकट प्रणाली नै दिने घोषणा गरेका हुन्।

लामो दुरीबाट प्रक्षेपण गर्न सक्ने रकेटको माग युक्रेनले पहिलै देखि गर्दै आएको थियो। यसअघिसम्म अमेरिकाले युक्रेनले चाहे अनुरुप हतियार उपलब्ध गराउन अस्वीकार गरेको थियो।

रसिया र युक्रेनबिच युद्ध सुरु भएको ९७ दिन पुगिसकेको छ। बाइडेनले रेकट सहयोग गर्ने घोषणाले रसियाविरुद्ध युक्रेनलाई वार्तामा थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। उक्त रेकटले युक्रेनले आफूले चाहेको महत्वपूर्ण टार्गेटमाथि आक्रमण गर्न सक्ने बाइडेनले बताएका छन्।

अमेरिकाले प्रदान गर्ने भनेको रेकटमा एम१४२ हाइ मोबिलिटी अर्टिलेरी रकेट सिस्टम समेत रहने छ। गत महिना युक्रेनका सेना प्रमुखले यही रकेट सिस्टमको माग गरेका थिए।

बाइडेनले उक्त रेकट रसियाभित्र आक्रमण नगर्ने शर्तमामात्रै युक्रेनलाई दिइने बताएका छन्। उनले कतिवटा रकेट दिने भन्नेबारेमा भने केही बताएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell