PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा, असार १ मा बजेट



पहिलोपोस्ट

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा, असार १ मा बजेट

काठमाडौं : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा संचारमन्त्री भरत साहले जानकारी दिए। आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाइ, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका विषयलाई जोड दिइने मन्त्री साहले बताए।

यस्तै मधेश प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आगामी आर्थिक २०७९-८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको पनि उनले बताए।

प्रदेशसभाको नवौँ अधिवेशन यही जेठ १९ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell