लियोनल मेस्सीको टोली अर्जेन्टिनाले उत्तरी स्पेनस्थित एट्लेटिको बिल्बाओको मैदानमा अभ्यास गरेको छ। लण्डनस्थित वेम्ब्ली स्टेडियममा हुने युरोपियन च्याम्पियन इटलीसँगको खेलका लागि अर्जेन्टिनाको टोलीले पछिल्लो सातायता तयारीमा जुटेको थियो। अर्जेन्टिना कोपा अमेरिकाको पछिल्लो संस्करणको च्याम्पियन हो।
#SelecciónMayor ¡Gracias San Mamés! 👏🏼👏🏼👏🏼👏🏼
— Selección Argentina 🇦🇷 (@Argentina) May 28, 2022
El plantel de @lioscaloni se entrenó hoy en el estadio de @AthleticClub con la presencia de quince mil espectadores 🏟
¡Un lujazo! Maravillosa jornada 💪🏻 pic.twitter.com/5p9qkSjipL
स्पेनमा अभ्यास गरिरहँदा अर्जेन्टिनाको अभ्यास हेर्नै भनेर १५ हजार दर्शकको उपस्थिति थियो। जसमा सर्वसाधारणका लागि १२.८० अमेरिकी डलर र बिल्बाओका सदस्यता लिएकाहरुलाई १०.७० डलर शुल्क लिइएको थियो।
अघिल्लो वर्ष जुलाई महिनामा यूईएफए युरो कपको फाइनल खेलमा इङ्ग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटली च्याम्पियन युरो कप च्याम्पियन बनेको थियो। यद्यपि, कतार विश्वकपमा भने इटलीको उपस्थिति रहने छैन।
छनोट चरणबाटै बाहिरिँदा इटलीले विश्वकप गुमाउँने भएको हो। अर्कोतर्फ अघिल्लो वर्षको जुलाई महिनामै कोपा अमेरिकामा ब्राजिललाई १-० गोलअन्तरले हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि उपाधि जितेको थियो।
यी दुई टोलीबीचको खेल भरे राति साडे १२ बजे लण्डनस्थित वेम्ब्ली स्टेडियममा सुरु हुनेछ।