PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

भद्रपुर उडेको बुद्ध एयरको विमान किन अवतरण नै नगरि काठमाडौं फर्कियो ?



पहिलोपोस्ट

भद्रपुर उडेको बुद्ध  एयरको विमान किन अवतरण नै नगरि काठमाडौं फर्कियो ?

काठमाडौंः काठमाडौंबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको ९५३ नम्बरको जहाज अवतरण नगरि पुनः काठमाडौं फर्किएको छ।

बिहान १० बजेर ४३ मिनेटमा उडेको विमान ११ बजेर ६ मिनेटमा पुनः अवतरण नगरि फर्किएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। अहिले विमानको प्राविधक पक्षको चेक भइरहेको सिटौंलाले जानकारी दिए।

'विमानको टायरको बाहिरी लेयर उत्रिएको भएपछि पुनः काठमाडौं फर्काइएको हो। अरु अवस्था सामान्य नै छ,' प्रवक्ता सिटौंलाले भने।

जहाज फिर्ता हुँदा केहि समय विमानस्थलको उडान बन्द गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell