PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

निर्वाचन लक्षित बजेट वितरणमुखी भयो : भानुभक्त ढकाल



पहिलोपोस्ट

निर्वाचन लक्षित बजेट वितरणमुखी भयो : भानुभक्त ढकाल

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल भइरहेको छ। छलफलका क्रममा नेकपा एमालेले फेरि बजेट संघीय निर्वाचनलाई केन्द्रित गर्दै ल्याइएको भन्दै आलोचना गरेको छ। हिजोको बैठकमा पनि एमाले सांसदहरुले वितरणमुखी बजेट आएको भन्दै आलोचना गरेका थिए। 

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भानुभक्त ढकालले निर्वाचन केन्द्रित बजेट आएको बताएका हुन्। उनले संघिय निर्वाचनलाई लक्षित गरेर वितरणमुखी बजेट बिनियोजन गरेको बताए।

यस्तै, सांसद हृदयेश त्रिपाठीले छलफलका क्रममा योगदानका आधारमा पेन्सन दिने कसरी भन्दै प्रश्न गरेका छन्। कृषि क्षेत्रमा लगानी गर्ने भनिए पनि त्यो किसानमुखी नहुने देखिएको उल्लेख गर्दै उनले सहकारीलाई १० करोड रुपैयाँसम्मको ठेक्का गर्न दिने व्यवस्था उपयुक्त हुने नदेखिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell