PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

बजेटले मूल्यवृद्धि रोक्दैन : राजेन्द्र लिङ्देन



पहिलोपोस्ट

बजेटले मूल्यवृद्धि रोक्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याइको बजेटले मूल्यवृद्धि रोक्न नसक्ने बताएका छन्।

प्रतिनिधिसभामा जारी आर्थिक वर्ष २०७९-८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उनले बजेटले मूल्यवृद्धि रोक्न नसक्ने बताएका हुन्। उनले बजेट चुनावमुखी र वितरणमुखी भएकोले जनताको जीवन परिवर्तन हुन नसक्ने बताएका हुन्।

उनले प्रश्न गरे, ‘बजेटको आम्दानीका स्रोत के हो ? वैदेशिक सहयोग र ऋणबाट बजेट बनाउँदा कार्यान्वयनको सम्भावना हुँदैन।’

लिङ्देनले सरकारले परम्परागत बजेट ल्याएको टिप्पणी गर्दै स्वदेशी उत्पादनलाई अनिवार्य प्रयोग गर्नमा जोड नदिइएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell