PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

भक्तपुरमा नगर कार्यपालिकको निर्वाचन सम्पन्न, मध्यपुर थिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले



पहिलोपोस्ट

भक्तपुरमा नगर कार्यपालिकको निर्वाचन सम्पन्न, मध्यपुर थिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले

काठमाडौं : भक्तपुर जिल्लाका चारवटै पालिकाको नगर कार्यपालिका निर्वाचन सम्पन्न भएको छ। भक्तपुरको चार पालिकामध्ये भक्तपुर नगरपालिकामा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को बहुमत छ। मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। यसअघि तीनवटा पालिकामा जितेको नेकपा एमालेले सूर्यविनायक नगरपालिकाको नगर कार्यपालिकामा मात्रै बहुमत जुटाउन सफल भएको छ।

मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेससहितको गठबन्धन विजयी भएको छ। मंगलबार साँझ सम्पन्न चारवटै पालिकाको प्राप्त नतिजाअनुसार मध्यपुरथिमि नगर कार्यपालिकामा २८ मत प्राप्त गरि गठबन्धन विजयी भएको मध्यपुरथिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिए।

महिला सदस्यतर्फ कांग्रेसका उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी भएका छन् भने दलित एवं अल्पसङ्ख्यकतर्फ जसे सार्की र सरोज परियार विजयी भएका छन्। माओवादी केन्द्रबाट बालकृष्ण परियार विजयी भएको सिलवालले जानकारी दिए। विजयी कार्यपालिका सदस्यलाई निर्वाचत अधिकृत मैया कँडेलले प्रमाणपत्र प्रदान गरेकी थिइन् भने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सपथ ग्रहण गराएका थिए।

यस्तै, चाँगुनारायण नगरपालिका कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेमकिपाको उम्मेदवार विजयी भएका छन्।

विजयी हुनेमा कांग्रेसको तर्फबाट महिला सदस्यमा निर्मला केसी, पूजा बर्देवा, सीतादेवी दाहाल लामिछाने, दलित एवं अल्पसङ्ख्यकतर्फ दधिराम धिमाल र नेमकिपाको तर्फबाट महिलातर्फ कमला भारती गिरी, अल्पसङ्ख्यकतर्फ जीवन नेपाली र युवराज सार्की बयरकोटी तथा राप्रपाबाट सोनु विश्वकर्मा रहेको नेपाली कांग्रेस चाँगुनारायण नगर समितिका सभापति शिवहरि केसीले जानकारी दिए। निर्वाचित सदस्यलाई चाँगुनारायणका निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले प्रमाणपत्र प्रदान गरेका थिए भने नगर प्रमुख जीवन खत्रीले शपथ ग्रहण गराएका थिए।

त्यसैगरी सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका छन्। कार्यपालिका सदस्य महिलामा कमला पोखरेल, तारा सापकोटा, शर्मिला बस्नेत, हेमा दाहाल खतिवडा, सावित्री मिश्र र दलित एवं अल्पसङ्ख्यकतर्फ सुमन परियार, प्रजुन त्रिखती, सुनिल भुजेल निर्वाचित हुनुभएको सूर्यविनायक नगरपालिका-७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए। विजयी सदस्यलाई निर्वाचत अधिकृत सरिताकुमारी खतिवडाले प्रमाणपत्र प्रदान गरेका थिए भने नगर प्रमुख वासुदेव थापाले शपथ ग्रहण गराएका थिए।

नेमकिपाले सबै पद जितेको भक्तपुर नगरपालिकाको नगर कार्यपालिका सदस्यमा सबैजना निर्विरोध निर्वाचित भएका छन्। निर्वाचित हुनेमा सुनिता अवाल (प्रजापति), कृष्णप्यारी भुजू, रोशनमैया सुवाल, रञ्जना त्वाती, छोरीमैया सुजखु प्रजापति  छन् । दलित तथा अल्पसङ्ख्यकमा उम्मेदवारी नपरेको बताइएको छ। निर्वाचित सदस्यलाई नगर प्रमुख सुनिल प्रजापतिले शपथ गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell