PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

चलायमान नै नभएको  हेटौँडा कपडा उद्योगबाट उत्पादन भएको कपडा लगाउनू भनेर निर्देशन  दिनु अव्यवहारिक : अष्टलक्ष्मी शाक्य



पहिलोपोस्ट

चलायमान नै नभएको  हेटौँडा कपडा उद्योगबाट उत्पादन भएको कपडा लगाउनू भनेर निर्देशन  दिनु अव्यवहारिक : अष्टलक्ष्मी शाक्य

हेटौँडा : वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले चलायमान नै नभएको हेटौँडा कपडा उद्योगबाट उत्पादन भएको कपडा लगाउनुपर्ने केन्द्रीय सरकारको निदेर्शन अव्यवहारिक भएको बताएकी छिन्।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै प्रदेश सरकारले उद्योग बनाउने कुराहरु केन्द्रीय सरकारले गरेको जस्तो नहोस् भन्दै टिप्पणी गरिन्।

‘हेटौँडा कपडा उद्योग कारखाना ध्वस्त छ, चलायमान छैन। अनि त्यो हेटौँडा कपडा उद्योगबाट उत्पादन भएको लुगै लगाउनुपर्छ भनेर निर्देशन दिएको छ, यो कस्तो बेमेलको कुरा हो?’, उनले भनिन्, ‘हेटौँडा कपडा उद्योग त कम्तिमा हेर्न आउनुपर्छ नि, त्यहाँबाट कति उत्पादन हुन्छ भन्ने हेर्न पर्दैन? नहेरिकन त्यस्तो खालको निर्देशन आएको छ केन्द्रीय सरकारबाट! हामी अव्यवहारिक नहौँ।’

उनले नीति तथा कार्यक्रमको योजना बनाउँदा जनताले पत्याउने खालको शैली व्यवहार गर्नुपर्ने बताइन्। शाक्यले जनमतलाई बेवास्था गरेर आफ्नै तरिकाले जाँदा जनमतले रुचाउँछन् भन्ने कुरा देखिसकेको हुनाले समृद्ध वाग्मती प्रदेश, सुशासनयुक्त वाग्मती, समानतापूर्ण नेपाल र समानतापूर्ण वाग्मती बनाउने सोचका साथ अगाडि बढ्न आग्रह गरिन्।

बैठकमा शाक्यले मदन भण्डारी फाउन्डेसनको सर्वोच्च अदालतले स्टे अर्डर जारी गरिसकेको कुरा छलफलको विषय बनाउन नहुने भन्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई आग्रह गरिन्। उनले वाग्मती प्रदेशमा गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम बेवारिसे निश्चित बन्ने स्थिति रहेको भन्दै यसलाई कसरी बचाउने भन्दै प्रश्नसमेत गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell