PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कुनै पनि हालतमा वाग्मती प्रदेश सरकारले मन्त्रालय घटाउनैपर्छ : लेखनाथ दाहाल



पहिलोपोस्ट

कुनै पनि हालतमा वाग्मती प्रदेश सरकारले मन्त्रालय घटाउनैपर्छ : लेखनाथ दाहाल

हेटौँडा : नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशसभाका सदस्य लेखनाथ दाहालले कुनै पनि हालतमा मन्त्रालय घटाउनुपर्ने बताएका छन्।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै दाहालले अनावश्यक खर्च गर्नु पनि भ्रष्टचार भएको हुनाले गठबन्धन दलबाट माओवादी केन्द्र अन्तर्गतकै मन्त्रीहरुले राजीनामा दिएर सात जनाकै मन्त्रिपरिषद् बनाउन आग्रह गरे।

‘गएको सरकार नेकपाको सरकार थियो। सात जनाको मन्त्रिपरिषद् हुँदा पनि केही माननीय मन्त्रीहरुले काम पाउनु भएको थिएन, अहिले सबै १८ जनै मन्त्रीज्युहरुले काम पाउनु भएको छ त? लगानी गरिसकेपछि रिटर्न चाहियो नि।’

‘अहिलेको मन्त्रिपरिषद् ठिक छ त? सबैले रुचाएका छन्? यदि हामीले जनताप्रति इमान्दार हुने हो भने सुशासन प्रदान गर्ने कुरा, भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा जोड दिने हो भने कुनै पनि हालतमा मन्त्रिपरिषद्को आकार घटाउनै पर्छ’, उनले थपे।

उनले चार वर्षमा समानता र समाजवाद प्राप्तिका निम्ति जान नसकेको हुनाले गम्भिर तरिकाले समीक्षा गर्नुपर्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell