
जनकपुरधाम : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यसै संसद्को अधिवेशनबाट नागरिकता विधेयक पारित हुने बताएका छन्।
बुधवार जनकपुरधामको एक कार्यक्रममा मन्त्री शर्माले नेपाली बुवा आमाबाट जन्मेका र अंगिकृत नागरिकहरुका सन्तानलाई नागरिकता मिल्ने बताएका हुन्। उनले नागरिकता विधेयक परम्परादेखि नागरिकता प्राप्त गर्दै आएकोदेखि नै कुनै पनि किसिमको कटौती नहुने गरी नागरिकता वितरण गरिने बताए।
‘नागरिकताको हक नागरिकको अधिकार रहेको र यो कसैको निगाहको कुरा होइन’, उनले भने, ‘संसद्मा विधेयक गइसकेको छ, सो विधेयकमा केही कुरामा सहमति बनाउनुपर्ने हुन्छ, यसका लागि हामी तत्कालै सहमति गरेर यसै अधिवेशनको सत्रबाट नागरिकता विधेयक पारित गर्छौँ।’
यसै संसद् अधिवेशनबाट सर्वसम्मत रुपमै नागरिकता विधेयक पारित गरिने बताउँदै उनले यसमा कुनै पनि किसिमको शंका नगर्न आग्रह समेत गरे।