PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

पोखरा महानगरको कार्यपालिका सदस्यमा एमालेको प्यानल निर्वाचित



पहिलोपोस्ट

पोखरा महानगरको कार्यपालिका सदस्यमा एमालेको प्यानल निर्वाचित

पोखरा : पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ। आज बिहीवार भएको मतदानबाट कार्यपालिकाको आठ सदस्यमा एमालेका विजयी भएका हुन्।

महिला सदस्यमा एमालेबाट धनकुमारी पोखरेल, निर्मला पौडेल, भिमकुमारी पुन गर्बुजा, मन्दिरा परियार, हरिमाया विश्वकर्मा निर्वाचित भएका हुन्। उनीहरु सबैले ८६ मत ल्याएका छन्।

उनीहरूका प्रतिस्पर्धी नेपाली कांग्रेसबाट  डाल्डादेवी  भुजेलले ८१, दुर्गादेवी थापा ८१, पवित्रा थापा ८१, भावना श्रेष्ठ ७९ र रनसुवा गुरुङले ८० मत ल्याएका छन्।

यस्तै, दलित वा अल्पसंख्यकबाट पनि एमालेकै उम्मेदवार सदस्यमा निर्वाचित भएका छन्। एमालेबाट गोविन्द तुलाचन, दीपक घिमिरे, निर्मल दीयाली सदस्यमा निर्वाचित भएका हुन्। गोविन्द र दीपकले ८६ मत ल्याउँदा निर्मलले भने ८७ मत पाएका छन्।

उनीहरूका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का भिम बहादुर सार्कीले ७८, जनता समाजवादी पार्टीका पान बहादुर घर्तीले ८० र नेकपा (एकीकृत समाजवादी)का लालबहादुर विकले ८१ मत पाएका छन्।

३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट पोखरामा १ सय ६७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। जसमध्ये  एमालेका ८६ र कांग्रेस र एकीकृत समाजवादीका ८१ जना सदस्य जनप्रतिनिधि निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell