PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पशुपतिको धर्मशालामा होटल चलाउन बतास समूहलाई कानुनी बाटो बन्द



पहिलोपोस्ट

पशुपतिको धर्मशालामा होटल चलाउन बतास समूहलाई कानुनी बाटो बन्द
फाइल फोटो

काठमाडौँः पशुपतिको धर्मशालामा होटल चलाउन बतास समूलाई कानुनी बाटो बन्द भएको छ। बतास समूहले सञ्चालित गरेको होटल आनन्द प्रालिलाई सञ्चालन गर्न कुनै अवरोध नगर्न यसअघि जारी अन्तरकालीन आदेश काठमाडौँ जिल्ला अदालतले खारेज गरेको हो। अन्तरकालीन आदेश खारेज भएसँगै होटल सञ्चालनको कानुनी बाटो बन्द भएको हो। 

न्यायाधीश विनोदकुमार पोखरेलको एकल इजलासले करार नै बदर भइसकेको अवस्थामा करार पालना एक पक्षबाट नहुने भन्दै यसअघिको आदेश बदर गरेको हो। चैत १४ गते अदालतले अन्तरकालीन आदेश जारी गरेको थियो। 

पशुपति क्षेत्र विकास कोषले करार भंग गरी होटल आनन्द पं्रालिलाई जानकारी गराइसकेको अवस्थामा करार परिपालनाको आदेश उपयुक्त नहुने अदालतको आदेशमा उल्लेख छ। 

आदेशमा भनिएको छ, ‘प्रतिवादी पक्षबाट करार भंग गरिसकिएको स्थितिलाई बादी पक्ष समेतले स्वीकार गरिरहेको पाइन्छ। तसर्थ भंग भइसकेको करारलाई यथावत पालना गर्न मिल्ने अवस्था कानुनतः देखिन आएको स्थिति नभएबाट मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम जारी अन्तरकालीन आदेश कायम रहन सक्ने देखिएन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell