PahiloPost

Jul 3, 2024 | २० असार २०८१

गौरका मेयर साह भन्छन्, ‘शिक्षकलाई निवेदन लेख्न आउँदैन, बच्चालाई के पढाउँछन्?’



पहिलोपोस्ट

गौरका मेयर साह भन्छन्, ‘शिक्षकलाई निवेदन लेख्न आउँदैन, बच्चालाई के पढाउँछन्?’

वीरगंजः रौतहटको गौर नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु साहले सरकारी स्‍कुलका शिक्षकहरुलाई निवेदन समेत लेख्न नआउने आरोप लगाएका छन्। मेयर साहले गौरका सरकारी विद्यालयका शिक्षकमाथि त्यस्तो आरोप लगाएका हुन्।

नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित सरकारी विद्यालय निरीक्षणका क्रममा सो कुरा जानकारीमा आएको जिकिर गरेका हुन्। अनुगमनका क्रममा राहत कोटाका शिक्षकलाई निवेदन लेख्न लगाएको तर ती शिक्षकले लेख्न नजानेको दाबी उनले गरेका हुन्।

गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा आयोजित अभिनन्दन कार्यक्रममा सो आरोप लगाएका हुन्।

‘यो त भयो निवेदन लेख्न नआएको कुरा, अर्कोतर्फ कतिपय विद्यालयका विद्यार्थीहरुलाई ठिकसँग नेपाली पढ्न पनि नआउने गरेको भेटेको छु, ’उनले भने, ‘मैले अहिले सबै स्कूलहरुको अवलोकन गरी आफैँ तथ्य बुझ्ने प्रयास गरिरहेको छु। सबैको वास्तविक विद्यार्थी संख्या तथा शिक्षक संख्याको विवरण पठाउन भनेको छु। गौरको शिक्षा चुस्त पार्न के गर्नुपर्छ म गर्छु।’

असक्षम तथा अयोग्य शिक्षकहरुलाई  नियुक्त गरेर शिक्षालाई तहसनहस पारिएको उनले बताए। विद्यार्थी अनुपातमा शिक्षक, कर्मचारी तथा भौतिक पूर्वाधारको व्यवस्था गर्ने उनले बताए।

विद्यालयमा करिब १४ सय विद्यार्थी र ६५ जना शिक्षक-कर्मचारी कार्यरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell