PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

वीरगंजको नगर कार्यपालिका सदस्यको चुनाव २० गते, जसपा र कांग्रेसबीच ४-४ सदस्य बाँडने सहमति



पहिलोपोस्ट

वीरगंजको नगर कार्यपालिका सदस्यको चुनाव २० गते, जसपा र कांग्रेसबीच ४-४ सदस्य बाँडने सहमति

वीरगंजः वीरगंज महानगरपालिकाको ८ कार्यपालिका सदस्यका लागि जेठ २० गते मतदान हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको कार्यतालिका अनुसार जेठ १७ गते मनोनयन दर्ता, १८ गते नामावली प्रकाशन तथा दाबी विरोध, १९ गते नामावली फिर्ता र २० गते चुनाव हुने छ।

सत्तारुढ गठबन्धन दल जसपा र कांग्रेसको गठबन्धन चुनावमा कायम रहने बताइएको छ।

गठबन्धन दलका तर्फबाट वीरगंज निर्वाचन समितिका संयोजक तथा नेपाली कांग्रेसका नेता श्याम पोखरेलका अनुसार दुई दलबीच ४-४ सदस्य भागबन्डा गर्ने सहमति भएको छ।

महानगरमा ३२ वडा छन्। मेयर, उपमेयर, ३२ वडाध्यक्ष तथा ८ निर्वाचित सदस्य गरी ४२ सदस्यीय कार्यपालिका रहने छ।

१६२ नवनिर्वाचित जनप्रतिनिधि मध्ये जसपासँग ७०, कांग्रेससँग ४७, एमालेसँग ४० र लोसपासँग ५ जना प्रतिनिधि छन्। प्रतिनिधि नै मतदाता हुनेछन्। बहुमतको लागि ८२ मत आवश्यक पर्ने छ।

महानगरका मुख्य मतदान अधिकृत धर्मराज पौडेलका अनुसार सत्तारुढ गठबन्धनबाट र एमाले–लोसपा गठबन्धनबाट ५ पदको महिला सदस्यको लागि १० जना र दलित वा अल्पसंख्यक समूहबाट ३ पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell