PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

वीरेन्द्रको सालिक राखेपछि नेपालगन्जमा तनाव : प्रहरी र सालिक राख्ने समूहबिच झडप



पहिलोपोस्ट

वीरेन्द्रको सालिक राखेपछि नेपालगन्जमा तनाव : प्रहरी र सालिक राख्ने समूहबिच झडप

काठमाडौं : बाँकेको नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्रको सालिक राख्ने विषयलाई लिएर झडप भएको छ।

सालिक राख्न प्रहरीले रोकेपछि उनीहरुले प्रहरीमाथि आक्रमण गरेका थिए। त्यसपछि प्रहरीले हवाई फायरसमेत गरेको छ। झडपमा एक दर्जन प्रहरी र केही प्रर्दशनकारीसमेत घाइते भएका छन्। अहिले सालिक हटाइएको छ।

'दुई समूहबिच झडप भएको हो। अहिले स्थिति नियन्त्रणमा आएको छ,' जिल्ला प्रसाशन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीसमेत परिचालन गरेको छ।

२०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकमा रहेको वीरेन्द्रको सालिक तोडफोड भएको थियो। त्यसपछि शालिक हटाएर राष्ट्रिय झण्डा राखिएको थियो। सोही ठाउँमा जेठ १९ को दिन पारेर राजावादीहरुले बिहान वीरेन्द्रको सालिक पुनर्स्थापना गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell