PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्धार



रासस

सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्धार
फाइल फोटो।

राजविराज : सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका-५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए।

उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईँ नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो। लिम्बूलाई सम्झाइबुझाइ घरतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell