PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पोखरा महानगरको कार्यपालिकामा पूर्णता, जिससको निर्वाचन जेठ २० गते



पहिलोपोस्ट

पोखरा महानगरको कार्यपालिकामा पूर्णता, जिससको निर्वाचन जेठ २० गते

काठमाडौ : स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा नगर कार्यपालिकाले पूर्णता पाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यायलयले बुधबार महिला र दलित तथा अल्पसङ्ख्यकका लागि मतदानमार्फत सदस्य चयन गरेको हो। यससँगै महानगरको ४३ सदस्यीय कार्यपालिकाले पूर्णता प्राप्त गरेको छ। मतदानमा महिला पाँच र दलित वा अल्पसङ्ख्यक तीन गरी आठ सदस्यका लागि भएको निर्वाचनमा सबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्।

महिला सदस्यमा एमालेका धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिरा परियार र हरिमाया विश्वकर्मा निर्वाचित भएका छन्। उनीहरुले सबैले समान ८६ मत प्राप्त गरेका थिए। यसैगरि दलित वा अल्पसङ्ख्यकमा एमालेका गोविन्द तुलाचन, दीपक घिमिरे र निर्मल दियाली निर्वाचित भएका छन। तुलाचन र घिमिरेले समान ८६ मत ल्याउँदा दियालीले ८७ मत प्राप्त गरेका थिए।

गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा महानगरमा १६७ जनप्रतिनिधि निर्वाचित भएका छन्। कार्यपालिकामा ४३ सदस्य रहनेमा एमालेका १८ र नेपाली कांग्रेसका २३, एकीकृत समाजवादी र स्वतन्त्रबाट एक-एकजना रहने भएका छन्। स्थानीय तह निर्वाचनमा कांग्रेसले २३ र एमालेले नौ वडामा जित हासिल गरेको थियो। महानगरमा एमालेले ८६, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट गरी ८१ जना सदस्य जनप्रतिनिधि निर्वाचित भएका थिए। 

यसैबिच कास्की जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन जेठ २० गतेका लागि तोकिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले समन्वय समितिको निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गरेको हो। जेठ १९ गते मतदाता नामावली प्रकाशन, मतदाताको विरोधमा उजुरी दिने र अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ। जेठ २० गते उम्मेदवारको मनोनयन दर्ता र मतदान तोकिएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए। 

जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहनेछन्। जिल्लाका पाँच स्थानीय तहबाट गरी १० जना मतदाता छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell