PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

प्रदीप ज्ञवालीको आरोप : बजेटले राजनीतिक र आर्थिक संकट ल्याएको छ



पहिलोपोस्ट

प्रदीप ज्ञवालीको आरोप : बजेटले राजनीतिक र आर्थिक संकट ल्याएको छ

काठमाडौं : प्रतिनिधिसभामा आज पनि आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल भइरहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा बजेटको सैद्धान्तिक विषयमा सामान्य छलफल गरिने र विस्तृतरूपमा मन्त्रालयगत छलफल पछि हुने जानकारी गराएका छन्।

बजेटमाथिको छलफलमा सांसद प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थितरता दुवै ल्याएर थप सङ्कट ल्याएको र आफूले त्यस्तो अपेक्षा नगरेको आरोप लगाएका छन्। उनले  विश्वमा आर्थिक संकट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट ल्याउनुपर्नेमा अर्थमन्त्रीले सो कुरालाई ध्यान नदिएको बताए। 

नेकपा एमालेका उपमहासचिव समेत रहेका ज्ञवालीले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशीलसमेत देखिएको बताए। उनले बजेट कार्यान्वयन हुने खालको नभएको उल्लेख गर्दै भने, 'बजेट ठूलो आकारको छ, यो चुवानी वर्ष हो, चुनाव गर्ने छलफलमा तपाईँहरु आफैँ आयात घटाउँछु भन्नुहुन्छ, राजस्व बढाउँछु भन्नुहुन्छ, तर हाम्रो सबैभन्दा ठूलो राजस्व नै आयातबाट छ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell