PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

निर्वाचनमा गर्वलायक सफलता प्राप्त गरेको माधव नेपालको दाबी, 'वाम एकता तत्काल सम्भव छैन'



पहिलोपोस्ट

निर्वाचनमा गर्वलायक सफलता प्राप्त गरेको माधव नेपालको दाबी, 'वाम एकता तत्काल सम्भव छैन'

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन्। सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबिच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताएका हुन्।

नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताए। 'अहङ्कारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरु फैलाइरहेका छन्', उनले भने, 'हामीमा कुनै पदको लालचा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौँ।' 

उनले हालै सार्वजनिक भएको आर्थिक वर्षको बजेट चुनावीमुखी नभएको टिप्पणी समेत गरे। भने,'बजेट चुनावको समयमा आएको हो तर, चुनावीमुखी होइन।' उनले स्थानीय तह निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म अहिलेकै वाम लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने धारणा राखेका छन्।

स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले गर्वलायक सफलता प्राप्त गरेको र कतिपय पालिकामा चुनाव चिह्नको अस्पष्टताले गर्दा सिट गुमाउनुपरेको उनको दाबी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell