PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

युक्रेनलाई अत्याधुनिक रकेट सिस्टम दिएर अमेरिकाले युद्ध लम्ब्याउन खोजेको रसियाको आरोप



पहिलोपोस्ट

युक्रेनलाई अत्याधुनिक रकेट सिस्टम दिएर अमेरिकाले युद्ध लम्ब्याउन खोजेको रसियाको आरोप
Photo : Getty Images

रसियाले युक्रेनमा युद्ध लम्ब्याउन खोजेको आरोप लगाएको छ। युक्रेनलाई आफ्नो रक्षा गर्न अमेरिकाले अत्याधुनिक रकेट दिने घोषणा गरेपछि रसियाले प्रतिक्रिया दिएको हो। 

क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले भने, 'अमेरिकाले  नियतवश आगोमा घ्यू' थपेको बताएका हुन्।  उनले अमेरिकाले दिने भनेको उपकरणहरुले  शान्ति वार्ता पुनः सुरु गर्न युक्रेनी नेतृत्वको इच्छुकतामा योगदान नगर्ने समेत बताए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आफ्नो सुरक्षा गर्न अत्याधुनिक रकेट प्रणाली नै दिने घोषणा गरेका थिए। बाइडेनले उक्त रकेट रसियाभित्र आक्रमण नगर्ने शर्तमामात्रै युक्रेनलाई दिइने बताएका थिए। उनले कतिवटा रकेट दिने भन्नेबारेमा भने केही बताएका छैनन्।

लामो दुरीबाट प्रक्षेपण गर्न सक्ने रकेटको माग युक्रेनले पहिलै देखि गर्दै आएको थियो। यसअघिसम्म अमेरिकाले युक्रेनले चाहे अनुरुप हतियार उपलब्ध गराउन अस्वीकार गरेको थियो।
 
यता, जर्मनीले पनि युक्रनेलाई एयर डिफेन्स सिस्टम दिने घोषणा गरिसकेको छ। जर्मनले प्रयोग गर्दै आइरहेको अत्याधुनिक आइआरआइएस-टी सिस्टम नै युक्रनेलाई दिने निर्णय भएको चान्सलर ओलाफ स्लोनले बताएका छन्।

रसियाका विदेश मन्त्री सर्जी लाभ्रोभले बाइडेनको घोषणाले 'तेस्रो मुलुक' युद्धमा घिस्रिने सम्भावना बढेको चेतावनी दिएका छन्। 

रसिया र युक्रेनबिच युद्ध सुरु भएको ९९ दिन पुगिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell