PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरामा गिरिराजमणिको असहमति, शिक्षा क्षेत्रबारे दिए यस्तो सुझाव



पहिलोपोस्ट

स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरामा गिरिराजमणिको असहमति, शिक्षा क्षेत्रबारे दिए यस्तो सुझाव

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद् गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै सवल बनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९-८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्ति छलफलका क्रममा उनले समतामूलक पहुँचयोग्य र गुणस्तरिय शिक्षामा बढी ध्यान दिनुपर्ने सुझाव दिएका हुन्।

'विद्यालय शिक्षाको जिम्मा स्थानीय सरकारलाई दिने व्यवस्था छ, तर सोचेअनुसार हुनसकेको छैन', पोखरेलले भने, 'शिक्षकलाई सवल बनाउनुपर्छ भने विद्यालय प्रविधिमैत्री बनाउनुपर्छ।' 

उनले प्राविधिक शिक्षामा संविधानको अवधारणअनुसार सिकाउने र पाठ्यक्रममा शिक्षा मन्त्रालय मानव संशाधन मन्त्रालयका रूपमा हेरिनुपर्ने सुझावसमेत दिएका छन्। स्वास्थ्य र शिक्षाका कुरामा आएको बजेट राम्रो भएको तर स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरामा आफ्नो समर्थन हुन नसकेको उनले बताए। 

'यो कम्पनीलाई दिने कुरा कुनै कोणबाट हेर्दा पनि सन्तोजनक हुनसकेको छैन, यसलाई पुनरावलोकन गर्न म आग्रह गर्छु,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell