PahiloPost

Jun 16, 2026 | २ असार २०८३

तामाकोसी नदी किनारमा पूरै सडेको अवस्थामा फेला पर्‍यो पुरुषको शव



रासस

तामाकोसी नदी किनारमा पूरै सडेको अवस्थामा फेला पर्‍यो पुरुषको शव

चरिकोट : दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ। तामाकोसी गाउँपालिका-५ किर्नेटारस्थित तामाकोसी नदि किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए।

तामाकोसी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगी प्रहरीले अनुसन्धान गरी शव चरिकोटस्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा ल्याएर राखेको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

फेला परेको शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। शव पूरै सडेको अवस्थामा फेला परेको र व्यक्तिको पहिचान भई नसकेको प्रहरीले जनाएको छ।

जिल्लामा कोही हराएको या सम्पर्कविहीन भएका बारेमा जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी नपरेको र कोही व्यक्ति हराएको भएमा प्रहरीमा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell