PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

कालु पाँडेको समाधिस्थलमा राष्ट्रपति भण्डारी, दहचोक भ्यूटावरको पनि अवलोकन



पहिलोपोस्ट

कालु पाँडेको समाधिस्थलमा राष्ट्रपति भण्डारी, दहचोक भ्यूटावरको पनि अवलोकन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको समाधिस्थलको भ्रमण गरेकी छिन्। चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित समाधिस्थलमा भण्डारी आज बिहान पुगेकी हुन्।

काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको दिनको स्मरणमा आज त्यहाँ एक कार्यक्रम आयोजना गरिएको थियो। त्यही कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी समाधिस्थल पुगेकी थिइन्। 

राष्ट्रपति भण्डारीले कालु पाँडेको प्रतिमामा श्रद्धाञ्जलि अर्पण गर्नुका साथै दहचोक भ्यूटावरको पनि पुगेकी थिइन्। त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृश्य अवलोकन गरेकी थिइन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell