काठमाडौं : गायक रवि ओड र गायिका बेनिशा पौडेलको आवाजमा रहेको ‘सुन माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ गीत सार्वजनिक गरिएको हो।
गरिमा फिल्मस्ले तयार पारेको भिडियोलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन्। भिडियोमा कलाकारहरु शुभम आचार्य र योगिशा खत्री फिचरर्ड छन्। भिडियोमा टिनएज प्रेमलाई देखाइएको छ।
गीत सार्वजनिक कार्यक्रममा गीतकार तथा संगीतकार भट्टले भिडियोले गीतलाई न्याय गरेको बताएका थिए। यस्तै, निर्देशक पान्डेले छायांकनमा बालबालिकालाई काम गराउन अनुभवीलाई भन्दा सजिलो भएको बताएका थिए।