PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

मोदीकै विरोध गरेर राजनीतिमा छाएका हार्दिक अब मोदीकै 'सिपाही'



पहिलोपोस्ट

मोदीकै विरोध गरेर राजनीतिमा छाएका हार्दिक अब मोदीकै 'सिपाही'
Photo: IANS

भारतीय राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएका हार्दिक पटेल सत्तारुढ भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्। गुजरात विधानसभा निर्वाचन हुन केही महिना बाँकी हुँदा पटेल भाजपा प्रवेश गरेका हुन्।

पाटिदारहरुको नेतृत्व गर्दै राजनीतिमा होमिएका उनी प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उभिएका थिए।  सन् २०१९ को लोकसभा निर्वाचन अघि उनी कांग्रेस प्रवेश गरेका थिए। कांग्रेसले उनलाई गुजरातकै कमान्ड सुम्पिएको थियो। अहिले भने उनै मोदीको पार्टीमा हार्दिक प्रवेश गरेका हुन्। 

हार्दिकले भाजपा प्रवेश गरेपछि जीवनकै नयाँ अध्याय सुरु हुने बताएका छन्। मोदीको नेतृत्वमा आफू 'सिपाही' बनेर काम गर्ने उनले बताएका छन्।

कांग्रेसमा अवसरबाट बञ्चित गरेको भन्दै पार्टी छाडेका उनले कांग्रेस नेताहरुलाई भाजपा प्रवेश गराउन अभियान नै चलाउने बताएका छन्। कांग्रेस नेताहरुले भने हार्दिकलाई पार्टी प्रवेश गरेसँगै राज्यकै नेतृत्व दिएको भन्दै अवसरबाट बञ्चित नगरेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell