PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

मकवानपुरमा अरुको नाममा लोकसेवा आयोगको परीक्षा दिने एक जना प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

मकवानपुरमा अरुको नाममा लोकसेवा आयोगको परीक्षा दिने एक जना प्रहरीको नियन्त्रणमा

हेटौँडा : मकवानपुर प्रहरीले बिहीवार लोकसेवा आयोगको परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई प्रकाउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दीपेन्द्र प्रसाद बास्ताकोटी रहेका छन्।

हेटौँडा वडा नम्बर १ स्थित स्कुलमा सञ्चालन भइरहेको लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौँथो तहको परीक्षामा महोत्तरीको साविक पोखभिण्डा गाविस बस्ने अभय कुमार यादवको सट्टामा बास्ताकोटीले परीक्षा दिइरहेको पाइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

परीक्षाको केन्द्राध्यक्षले प्रहरीलाई नक्कली परीक्षार्थी भएको जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले दीपेन्द्र प्रसाद बास्ताकोटीलाई नियन्त्रणमा लिएको हो।

प्रहरी उनको साथबाट अन्ठाउन्न हजार पाँच सय रुपैयाँ, महोत्तरी बस्ने अभय कुमार यादवको नामको नागरिकता, महोत्तरी बस्ने सुजित कुमार साहको नामको नागरिकता, धनुषा बस्ने हीरा कुमारीको नामको नागरिकता, धनुषाकै विनोद कुमार महतोको नामको नागरिकता र उनको सवारी चालक अनुमति पत्र बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell