PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

बुटवल उपमहानगरको कार्यपालिकामा गठबन्धन विजयी



पहिलोपोस्ट

बुटवल उपमहानगरको कार्यपालिकामा गठबन्धन विजयी

बुटवल : बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य गठबन्धनबाट निर्वाचित भएका छन्।

बिहीवार सम्पन्न नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्यमा सबै सदस्य गठबन्धनबाट  निर्वाचित भएका हुन्। कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयरसहित १९ वडाका वडाध्यक्ष तथा  वडा सदस्यहरूले मतदान गरेका थिए।

कार्यपालिकामा कांग्रेसबाट निलम गौतम, बसन्ती विश्वकर्मा, राधादेवी पौडेल, रिना भुसाल, हेमा थामी, जसपाबाट सुनिता खड्लुक, नेकपा (एकीकृत समाजवादी)बाट यमबहादुर सुनार र राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर सुनार निर्वाचित भएका छन्। नेकपा (एमाले)का सबै उम्मेदवार पराजित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell