PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा १० रुपैयाँ घट्यो, कुनको भाउ अब कति?



पहिलोपोस्ट

पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा १० रुपैयाँ घट्यो, कुनको भाउ अब कति?

काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा १० रुपैयाँ घटाएको छ।

निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले लिटरमा १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। मूल्य विहीबार राति १२ बजेदेखि कार्यान्वयनमा आउने छ।

अर्थ मन्त्रालयले पूर्वाधार कर लिटरमै १० रुपैयाँ घटाउने भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको थियो। सोपछि मूल्य घटाइएको हो।

अब उपभोक्ताले पेट्रोल लिटरको १७० र डिजेल तथा मट्टीतेल लिटरको १५३ रुपैयाँमा पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell