PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

रसिया - युक्रेन युद्धको १०० दिन, तस्बिरमा लडाइँपछिका दर्दनाक दृश्य

रसिया - युक्रेन युद्धको १०० दिन, तस्बिरमा लडाइँपछिका दर्दनाक दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


रसियाले युक्रेनमा आक्रमण सुरु गरेको आज १०० दिन पूरा भएको छ। यो अवधिमा युक्रेनमा कतिवटा भवनहरू ध्वस्त भए? कति जनाको अंगभंग भयो, कति बालबालिकामाथि निर्ममता देखाइयो, कति देशबाट बाहिरिए? अनि कति सपनाहरु उजाडिए? रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सुरु गरेको यो युद्धको वास्तविक क्षति तथ्याङ्कमा अटाउन नसक्ला।

जाडोको अन्त्यमा सुरु भएको यो युद्ध वसन्तसम्म जारी छ। अनि आउने केही ऋतुहरूसम्म लम्बिने निश्चितप्रायः छ।

रसियाले सेभेरोडोनेत्स्क सहरको ७० प्रतिशतसम्म नियन्त्रण गरेको र युक्रेनी सेनाहरु सिटी सेन्टरबाट पछि हटिरहेको लुहान्स्कका गभर्नर सेर्ही हाइडाईले बिहीवार बताएका थिए।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको डाटा पोर्टलका अनुसार रसियाले आक्रमण सुरु गरेदेखि ६८ लाखभन्दा बढी मानिसहरूले युक्रेन छाडेका छन्। धेरैले युक्रेनीहरु पोल्याण्ड र अन्य छिमेकी देशहरूमा शरण लिन पुगेका छन्।

बिहीवारसम्मको डाटाअनुसार युक्रेनबाट पोल्याण्डमा प्रवेश गर्ने ३६ लाख २७ हजार १७८, रोमानियामा ९ लाख  ८९ हजार ३५७, रसियामा ९ लाख ७१ हजार ४१७, हंगेरीमा ६ लाख ८२ हजार ५९४, मोल्डोभामा ४ लाख ७९ हजार ५१३, स्लोभाकियामा ४ लाख ६१ हजार १६४ र ३० हजार ९०० जना बेलारुसमा प्रवेश गरेका छन्। यो संख्या तीव्ररुपमा बढिरहेको छ।

देश छाड्न बाध्य भई शरणार्थीहरु भएकाहरु अधिकांश महिला र बालबालिका छन्। १८ देखि ६० वर्षसम्मका पुरुषलाई भने रसियाविरुद्ध लड्नको लागि युक्रेन छाड्न दिइएको छैन।

रसिया-युक्रेनको पछिल्लो घटना क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आफ्नो सुरक्षा गर्न अत्याधुनिक रकेट प्रणालीसहित सात सय मिलियन डलर बराबरको सैन्य सहयोग प्याकेज नै दिने घोषणा गरेका छन्। बाइडेनले उक्त रकेट रसियाभित्र आक्रमण नगर्ने शर्तमामात्रै युक्रेनलाई दिइने बताएका थिए।

लामो दुरीबाट प्रक्षेपण गर्न सक्ने रकेटको माग युक्रेनले पहिल्यैदेखि गर्दै आएको थियो। यसअघिसम्म अमेरिकाले युक्रेनले चाहेअनुरुप हतियार उपलब्ध गराउन अस्वीकार गरेको थियो।

रसियाली आक्रमणको विरुद्धमा विश्वभर हजारौँ मानिसहरूले प्रदर्शन गरिरहेका छन्। पुटिनले आक्रमणको घोषणा गरेदेखि हालसम्म रसियामा ५ हजारभन्दा बढी प्रदर्शनकारीहरु समातिएका छन्।

युद्धको १०० दिन के - के भए? एसोसिएटेड प्रेस फोटोग्राफरहरूले युद्धलाई तस्बिरमा कैद गरेका छन्। ति तस्बिरहरुले शोकमा बाँचेकाहरू र युद्धबाट अलग भएका परिवारको कथाव्यथा देख्न सकिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell