PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई करणी गर्ने युवक समातिए*



पहिलोपोस्ट

घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई करणी गर्ने युवक समातिए*

कैलालीः १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका-६ बयला बस्ने २६ वर्षीय दोगेन्द्र बिष्टलाई प्रहरीले पक्राउ गरेको छ।

बिष्टले ती बालिकालाई आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले बिहिबार बिष्टलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

*समाचार सेयर गर्दा 'डिबग'मा समस्या देखिएको र राजनीतिक दलका नेताको तस्विर समाचारमा देखिएकोमा क्षमाप्रार्थी छौं। समाचार प्रकाशन गर्दा राजनीतिक दलका नेताहरुको तस्विर नराखिएको र प्राविधिक समस्याका कारण मात्र उक्त तस्विर देखिएको जानकारी गराउँछौं। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell