PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात, कतार ७९ रनले पराजित



पहिलोपोस्ट

यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात, कतार ७९ रनले पराजित

काठमाडौंः नेपालले आइसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा कतारलाई ७९ रनले पराजित गरेको छ।

मलेसियाको यूकेएम ओभलमा आज नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो। कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन जोडिन।

कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सृष्टि जैशीले तीन विकेट लिइन्। यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले दुई-दुई विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर ११७ रन बनाएको थियो। नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहँदै ३२ रन बनाए। यस्तै सृष्टि जैशीले अविजित २३, सानु राजवंशीले २१ तथा अन्जली विश्वकर्माले ११ रन जोडे । किरणकुमारी कुँवरले एक रन मात्र बनाइन्।

बलिङतर्फ कतारकी साची ढड्वाल र अलिना खानले १/१ विकेट लिए । छनोटमा नेपालसहित, आयोजक मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, भुटान र कतार छन्। अब नेपालले दोस्रो खेल युएईविरुद्ध शनिबार खेल्नेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell