PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

रेनु दाहाल र इजरायली राजदूत गोदारबिच भेटवार्ता, भरतपुरलाई कृषिमा अब्बल बनाउने बारे छलफल



पहिलोपोस्ट

रेनु दाहाल र इजरायली राजदूत गोदारबिच भेटवार्ता, भरतपुरलाई कृषिमा अब्बल बनाउने बारे छलफल

काठमाडौं : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबिच भेटवार्ता भएको छ। महानगरपालिकामा आज भएको भेटवार्तामा दुई देशबिचको सहकार्यबारे  छलफल भएको हो। 

भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताएकी थिइन्। दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरका रुपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको समेत बताएकी थिइन्। 

भरतपुर महानगरलाई कृषिको केन्द्रका रुपमा विकास गर्न विषेश कार्यक्रम ल्याइएको छ। त्यसैले चितवन कृषि उत्पादन तथा बजारका दृष्टिले महत्वपूर्ण ठाउँ भएकाले इजरायली शहरसँग भगिनी सम्बन्ध कायम गर्न चाहेको दाहालले बताएकी थिइन्। भरतपुरलाई सुन्दर, सफा, हराभरा शहरका रुपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबिच सहकार्य अपरिहार्य रहेको दाहालको भनाइ थियो। 

इजरायली राजदूत हानन गोदारले भरतपुरको कृषि क्षेत्रको विकासका लागि आफू सकारात्मक रहेको जवाफ दिएका थिए। उनले इजरायबाट धेरै नेपालीले कृषि ज्ञान लिएर नेपालमा कृषि क्षेत्रमा अगाडि बढेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell