
भारतको मध्यप्रदेशकी एक महिला इनार चढ्दै गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ। सुकेको इनारमा पानी भर्न बिना कुनै सुरक्षा उपकरण इनारभित्र जाने र चढ्दै माथि उकलिँदै गरेको महिलाको भिडियो सार्वजनिक भएको हो।
#WATCH | Madhya Pradesh: People in Dindori's Ghusiya village risk their lives to fetch water from an almost dry well pic.twitter.com/jcuyLmE5xL
— ANI MP/CG/Rajasthan (@ANI_MP_CG_RJ) June 2, 2022
मध्यप्रदेशको घुसिया गाउँको उक्त भिडियोले त्यहाँ पानीको अभावको चित्रण गरेको छ। इनार र पोखरीहरु सुक्दा थोरै पानी जोहो गर्न पनि स्थानीयले ज्यान नै जोखिममा राख्ने गरेका छन्। पानीको समस्याका कारण आक्रोशित स्थानीयले विरोध स्वरुप स्थानीय निर्वाचन बहिष्कार गर्ने तयारी गरेका छन्।
गाउँमा रहेको तीनवटै इनार सुकेको भन्दै एक स्थानीयले भने 'सरकारी अधिकारी र नेताहरु निर्वाचनको बेला मात्र आउँछन्।यसपटक हामीले पानीको सुनिश्चिता नभएसम्म मत नदिने निर्णय गरेका छौं।'
भारतको मध्यप्रदेशसँगै पंजाब, राजस्थान, उत्तर प्रदेश, गुजरात, उत्तराखण्ड, हरयाणामा पनि पानीको अभाव छ। मध्यप्रदेशमा गर्मी महिनामा पानीको अभाव हुँदै आएको छ। सरकारले सन् २०२४ सम्म सबैको घरमा खानेपानीको धारा पुर्याउने वाचा गरेको छ। तर, हाल लाखौं मानिस पानीकै खोजीमा दिन कटाउन बाध्य बनेका छन्।