PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घट्यो



पहिलोपोस्ट

अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं : अन्तर प्रदेशिय सार्वजनिक सवारी साधनको भाडा घटेको छ। पेट्रोल तथा डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घटेसँगै सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो। जेठ २० गते शुक्रबारदेखि नै लागु हुने गरि सरकारले विद्यमान भाडादरमा २.९ प्रतिशतसम्म भाडा घटाएको छ। एउटा रुटमा १५ रुपैयाँदेखि ५० रुपैयाँ भन्दा धेरै भाडा घटेको छ।

पेट्रोलियम पदार्थको मूल्यमा घटबढसँगै स्वचालित रुपमा सार्वजनिक सवारी साधनको मूल्य समायोजन हुने व्यवस्था लागु भएसँगै गत भाडा घटेको हो। यो घटेको भाडा दर दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा संचालित सार्वजनिक सवारीहरुमा लागु हुनेछ। यो केन्द्र सरकारको यातायात व्यवस्था विभागले गरेको निर्णय हो। यसैका आधारमा प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा समायोजन गर्नेछन्।

यात्रुवाहक सवारीको हकमा २.० प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा २.६ प्रतिशत र तराइको बाटोमा संचालन हुने मालवाहक सवारीमा २.९ प्रतिशतले भाडा घटेको छ।

यसअघि जेठ १० गतेबाट लागु हुनेगरी यात्रुवाहक सार्वजनिक सवारी साधनमा ३ प्रतिशतसम्म भाडा बढेको थियो। सरकारले स्वाचालित मूल्यमा सार्वजनिक सवारीको भाडा इन्धनको मूल्य घटबड अनुसार मूल्य समायोजन हुने नीति कार्यन्वयन गरेपछि यसको असर तेलको मूल्यसंग संबन्धित हुन्छ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडादर समायोजन प्रणालीअनुसार अन्तर प्रदेशको भाडा समायोजन गर्छ।

विभिन्न १३ सूचकलाई आधार मानेर सार्वजनिक यातायातको भाडा समायोजन गर्ने गरिन्छ। जसमा ३५ प्रतिशत भार पेट्रोलियम पदार्थलाई दिइएको छ। बाँकी ६५ प्रतिशत सवारीसाधनमा काम गर्ने कर्मचारीको तलब सुविधा, कर, वार्षिक बीमा प्रिमियम, मर्मतसम्भार खर्च, ब्याजदर, ब्याट्रीको मूल्य ह्रास, अन्य खर्च, इन्धन, टायर, लुब्रिकेन्ट लगायतलाई मानिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell