
काठमाडौं : पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ५ हजार ६०५ जनाको परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो। यस्तै, ९ जना संक्रमण मुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १११ रहेको छ।