
पोखरा : जिल्ला समन्वय समिति कास्कीमा नेकपा (एमाले)को प्यानलनै विजयी भएको छ। समितिको प्रमुख पदमा एमालेका लीलाधर पौडेलले
६ मत ल्याउँदै विजयी भएका छन्। नेपाली कांग्रेसका दीपेन्द्र ढकालले ४ मत मात्र पाएका छन्।
यस्तै उप प्रमुखमा पदमा एमालेकी सरिता कुमाल ६ मत ल्याउँदै विजयी हुँदा कांग्रेसकी उषा थापाले ४ मत पाएकी छिन्। सदस्यमा एमालेको तर्फबाट बालिका सुवेदी, राजु अधिकारी र हर्क बहादुर गुरुङले पनि ६ मत ल्याउँदै विजयी भएका छन्।
यता महिला सदस्यमा पनि एमालेका लक्ष्मी दमै, सीता विक र सुक माया ६-६ मत ल्याउँदै विजयी भएका छन्। दलित वा अल्पसंख्यक सदस्यमा एमालेका गणेश बहादुर घर्ती जिसिले पनि ६ मत ल्याउँदै विजयी भएका छन्।